
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अगष्टमा दुई दिने औपचारिक भ्रमणका लागि भुटान जानुहुने भएको छ । यस भ्रमणले “छिमेक पहिलो” नीतिप्रति भारत सरकारको उच्च प्राथमिकतालाई प्रतिबिम्बित गर्ने भारतीय अधिकारीहरुले बताएका छन् । दुबै देशबीच रहेको विशिष्ट सम्बन्ध प्रधानमन्त्री मोदीको भ्रमणबाट थप गतिशील र प्रगाढ हुने विश्वास लिइएको छ । गत महिना, भारतीय विदेश मन्त्री एस जयशंकरले भुटनाको दुई दिने भ्रमण गर्नुभएको थियो । यो उहाँको विदेश मन्त्रीको हैसियतमा पहिलो औपचारिक भ्रमण थियो । उक्त भ्रमणका क्रममा जयशंकरले भुटानी प्रधानमन्त्री लोटे छिरिङसँग भेटवार्ता गरी द्विपक्षीय सहयोगलाई अझ गति दिनेबारे छलफ गर्नुभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

Orson Infotech
प्रतिक्रिया