सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी वैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने अपेक्षा गरिएको छ ।
आज भइरहेको बैठकमा जिल्ला इन्चार्ज तोक्ने,केन्द्रीय विभाग तथा आयोग,सल्लाहाकार परिषद,ज्येष्ठ कम्युनिष्ट मञ्च गठन ,स्कूल विभागको जिम्मेवारी लगायत विषय टुंग्याउने जनाइएको छ । यस अघि ३२ केन्द्रीय विभागमध्ये पुर्व एमालेले १८ र पुर्व माओवादीले १४ विभाग लिने गरी सहमति भएको थियो ।
प्रतिक्रिया