‘‘समय छोटो छ । गर्नु धेरै छन् । साथीहरु रिसाउनुहुन्छ । तपाईंको फोन उठेन भनेर । ‘म भन्छु, हो म साँच्चीकै व्यस्त छु किनकी समय घर्किसकेको छ, काम धेरै गर्नुपर्नेछ, त्यसैले मेरो विनम्र अनुरोध छ, फोन उठाएन भनेर गुनासो नगरिदिनु होला’’ नेपाल भ्रमण वर्ष २०२० अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यको यो आग्रह समय सान्दर्भिक छ । ‘‘भ्रमण वर्ष सफल हुन्छ कि हुँदैन भनेर हैन कि भनेर नसोचाँै बरु जसरी पनि सफल हुन्छ भनेर सबै मन बजन कर्मले लागौँ । कसरी सुधार्ने हामी सबै लागौँ यसैमा देशलाई फाइदा हुन्छ । भ्रमण वर्ष सामूहिक कार्य हो यो कुनै व्यक्ति वा सरकारको मात्र काम हैन । सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक काम गराँै’’, संयोजक वैद्यको आग्रह थियो । हुन पनि समय छोटो छ । अबको पाँच महीनामा भ्रमण वर्ष शुरु हँुदैछ । यद्यपि, भ्रमण वर्षको पूर्व शुरुआत गत २०७५ चैत २९ गते पोखराबाट गरिएको थियो । भ्रमण वर्षको औपचारिक शुरुआत आगामी डिसेम्बर महीनाको अन्तिममा गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । संयोजक वैद्यको पनि गुनासो छ– समय र बजेट कम तर, पनि अभियानलाई सफलता बनाउनुनै पर्ने बाध्यता छ । “बजेट छ १० करोड । गर्नुछ एक अर्बको काम । हामीजस्ता व्यक्ति स्वयंसेवी रुपमा आइराछौँ यो खुशीको कुरा हो तर मेरो गुनासो छ सुरज वैद्यले फोन उठाउँदैन, तर म भन्छु आफ्नो व्यापार सारा छोडेर लागेको छु अभियानलाई सार्थक बनाउन, मिडियाकर्मीको सहयोगले नै यो अभियानलाई सफलतातिर पु¥याउँछ”, उहाँले भन्नुभयो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यअनुरुप आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममै भ्रमण वर्षलाई प्राथमिकता दिइयो । सरकारले नेपाल भ्रमण वर्षको राष्ट्रिय कार्यक्रम संयोजकमा व्यवसायी सुरज वैद्यलाई नियुक्त ग¥यो । भ्रमण वर्ष सचिवालय स्थापना गरी प्रवद्र्धनात्मक गतिविधि शुरु भइसकेको छ । पछिल्लो समय अभियानका कार्यक्रम संयोजकको विषयमा सञ्चारमाध्यममा अनेक प्रचार भइरहेको छ । यसै सन्दर्भमा कार्यक्रम संयोजक सुरज वैद्यले भ्रमण वर्षको आगामी गतिविधिबारे सुनाउनुभयो । उहाँले भन्नुभयो, “म पर्यटन व्यवसायी हैन, तर पर्यटनको भावना बुझ्छु । मलाई हतोत्सायी बनाउनै हैन प्रोत्साहन चाहिएको छ । भ्रमण वर्ष सफल हुन्छ, अहिले अत्तिहाल्नुपर्ने अवस्था छैन ।” मलेसियाले पनि सन् २०२० लाई भ्रमण वर्ष मनाउँदैछ । उसले सन् २०१७ बाटै तयारी थालेको थियो । समय घट्केपछि नेपालीले धेरै काम गरेको उदाहरण रहेकाले अभियान सफल हुने वैद्यको विश्वास छ । संयोजक वैद्यका अनुसार भ्रमण वर्षको शुरुआत यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा नेपाल, भारत र चीनका महिलालाई सगरमाथा आरोहणमा पठाएर सफलता पनि पाइयो । जसले एउटा दरिलो सन्देश दिएको छ । अहिले संसारकै बढी पर्यटनमा प्रगति गरेका यिनै दुई मुलुक हुन् तिनैलाई केन्द्रित गरेर प्रवद्र्धनात्मक गतिविधि बढाइएको छ ।
पाँच प्राथमिकता
भ्रमण वर्ष अभियानले विशेषगरी पाँच कुरा ‘कल्चरल’, ‘एडभेन्चर’, ‘स्प्रीचुवल’, ‘वाइल्डलाइफ’ र ‘माइस टुरिज्म’लाई प्राथमिकता दिएका संयोजक वैद्यले बताउनुभयो । काठमाडौँ, पोखरा, चितवन र अन्नपूर्ण संरक्षण क्षेत्रमै केन्द्रित पर्यटनलाई विस्तार गरी नयाँ गन्तव्यको प्रवद्र्धनलाई पनि जोड दिइएको छ । पर्यटनमा विदेशी लगानी भित्र्याउन पर्यटन लगानी सम्मेलन आयोजना गर्ने योजना छ । त्यस्तै, पर्यटकीय पूर्वाधार र सेवा गुणस्तर अभिवृद्धिजस्ता कामलाई पनि अघि बढाइएको छ । भ्रमण वर्षकोे हरेक मुलुकमा सद्भावना दूत बनाउने काम शुरु भइसकेको संयोजक वैद्यले बताउनुभयो । भ्रमण वर्षको सन्दर्भमा ‘नेपाल टुरिज्म एक्सिलेन्स अवार्ड’ आयोजना गरिनेछ । आगामी नोभेम्बर महीनामा भारतको नयाँदिल्लीमा नेपाल महोत्सव र चीनको साङ्घाईमा पनि नेपाल प्रदर्शनी आयोजना गर्ने योजना छ । रात्रिकालीन काठमाडौँ, जनकपुरमा ‘वल्र्ड अफ ओमन’ र कर्णालीमा संसारकै लामो ¥याफ्टिङ गरिनुका साथै हिमालदेखि तराईसम्मका विविध जाति तथा समुदायको संस्कृति झल्कने कार्यक्रम आयोजना गरिने संयोजक वैद्यको भनाइ छ । त्यस्तै, ‘माउण्टेन बाइकिङ’, ‘होमस्टे’, ‘टेम्पल्स डे’ जस्ता कार्यक्रम गरिनेछ ।
भ्रमण वर्ष २०११ को अनुभव
अघिल्ला भ्रमण वर्ष मनाएकै कारण पर्यटनले सफलता हात पा¥यो । सन् २०१८ मा झण्डै १२ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरे । यसअघि सन् १९९८ र सन् २०११ मा भ्रमण वर्ष मनाइएको थियो । नेपाल भ्रमण वर्ष २०११ का राष्ट्रिय संयोजक योगेन्द्र शाक्यको अनुभवमा देशको खासखास परिस्थितिमा यस्ता भ्रमण वर्ष मनाइने गरिएको छ । उहाँका अनुसार पहिलो भ्रमण वर्ष मनाउनुको तात्पर्य सरकारलगायत सबै निकायले पर्यटनलाई गाली गर्न थाले, सामाजिक सद्भाव बिगार्ने भन्ने नकारात्मक धारणा बन्यो । व्यवसायीको आग्रहमा पहिलो भ्रमण वर्ष मनाइयो जुन सफलता पायो । अर्कोतर्फ नेपालको ‘ब्राण्डिङ’ गर्न मद्दत पुग्यो । सन् १९९८ मा टाइम्स म्यागेजिनले नेपालबारे एउटा लेख ‘गुटबाई साङ्ग्रिला’ भनेर प्रकाशित ग¥यो । यसले विश्वभर नेपाल प्रचार भयो । सन् २०११ को नेपाल भ्रमण वर्ष मनाइरहँदा जतिखेर मुलुकभित्र अनेक त्रास, द्वन्द्व र सङ्कटको अस्था थियो । सोही अवस्थामा पनि पर्यटन वर्षका लागि एउटा नारा बनाइयो ‘पर्यटनका लागि सँगसँगै’ सडकमा सङ्घर्षरत राजनीतिक दललाई एकै थलोमा उभ्याएर पर्यटन प्रवद्र्धनका लागि प्रतिबद्धता जनाए । व्यवसायी शाक्यले त्यतिबेलाको भ्रमण वर्ष अभियानले पर्यटनको दृष्टिकोणमा परिवर्तन ल्याएको बताउनुहुन्छ । भ्रमण वर्ष २०२० का संयोजक वैद्यको सन्दर्भमा व्यवसायी शाक्यले भ्रमण वर्षका लागि उपयुक्त व्यक्ति भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्षका लागि सुरजजी नै उपयुक्त व्यक्ति हो, अब सबै मिलेर भ्रमण वर्षलाई सफल बनाउन लागौँ ।”
प्रतिक्रिया