१४ कार्तिक २०८१, बुधबार । October 30, 2024

मुख्य खबर

पहिरोले मेचीको राँकेसडक खण्ड अवरुद्ध



फोटो : अइन्द्रसुन्दर नेम्वाङ

मेची राजमार्ग अन्तर्गत राँके गुम्बा डाँडा सडकखण्ड अन्तर्गत सडकमाथिबाट झरेको बिशाल पहिरोले राजमार्ग अवरुद्ध भएको छ । लगातारको बर्षाका कारण गएको पहिरोले सडकको संरचना पुरिनुका साथै भत्काइ दिएको छ । पहिरोले सडक अवरुद्ध भएपछि मेची राजमार्ग हुँदै ओहोरदोहोर गर्ने संर्यौ संख्याका सवारी साधनहरु वीचबाटोमै रोकिएर राखिएका छन् भने संयौं यात्रुहरु प्रभावित बनेका छन् । सालिन्दा पहिरो गइरहेने यस क्षेत्रको व्यवस्थापन सम्बन्धित निकायले समयमानै गर्न नसक्दा सडक अवरुद्ध हुने गरेको सरोकारवालाहरु बताउँछन् । ठूलो पहिरोका कारण राजमार्ग सुचारु गर्न अझै ३ दिनसम्म लाग्ने सडक डिभिजन कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित : २ श्रावण २०७६, बिहिबार ००:००