१७ फाल्गुन २०८१, शनिबार । March 1, 2025

मुख्य खबर

विपदप्रति कांग्रेसमा सामान्य संवेदनापनि देखिएन् : राई



काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेपालका १ नम्बर प्रदेश सचिव तथा माननीय सांसद सुरेशकुमार राईले देश अविरल वर्षाका कारण बाढी पहिरो जस्तो प्राकृतिक विपदमा परेको बेलापनि नेपाली कांग्रेसको भूमिका नकारात्मक भएको भन्दै घोर भत्र्सना व्यक्त गरेका छन् ।
उनले कांग्रेसले यस्तो विपदको घडिमा सामान्य संवेदना पनि अपनाउन नसकेको आरोप लगाएका छन् । आज रिपोटर्स क्लवमा पत्रकार सम्मेलन आयोजना गरी राईले कांग्रेसले संसद अवरुद्ध गरेकोप्रति दुःख व्यक्त गरेका हुन् । देश अहिले विपदको घडिमा रहेकाले संसदलाई आफ्नो हठ प्रदर्शन गर्ने थलोको रुपमा प्रयोग नगर्नसमेत चेतावनी दिएका छन् । लोकतन्त्रमा आफ्नो कुरा राख्न पाउने तर जनताको जनजिविकाको सवालसंग जोडिएको संसदलाई हठको बन्धनभित्र राख्न नमिल्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै राईले आफू सांसद भएको हैसियतले उदयपुर जिल्ला लगातय देशभरका २८ जिल्लामा वर्षाका कारण प्रभावित जनजीवनप्रति तीनै तहको सरकार गम्भीर भएर उदार,राहत तथा पुनःस्थापनाको लागि सवै शक्ति खर्चिएर लागेको बताएका छन् ।

प्रकाशित : ३० असार २०७६, सोमबार ००:००