ः राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत तमोर करिडोरको काम धमाधम भइरहेको छ । हालसम्म तमोर कारिडोरको काम ६० प्रतिशत सम्पन्न भएको मध्यपहाडी राजमार्ग योजना कार्यालय फिदिमका इञ्जिनीयर प्रमोद खतिवडाले बताएका छन् ।
पूर्वी पहाडलाई तराई र काठमाडौँ जोड्ने द्रुतमार्ग तमोर करिडोरको ट्रयाक खोल्ने काम असोजसम्ममा सक्ने गरी निर्माण कार्य भइरहेको यस आयोजना कुल रु छ अर्ब २३ करोड ४९ लाख लागत रहेको हो । २०७४ देखि शुरु भएको यो करिडोर १४८ किलोमिटर लम्बाइ, १० मिटर चौडाइ र सात मिटर ग्राभेल रहेको मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरका योजना प्रमुख अभिमन दास मुल्मीले बताएका छन् । यो सडक पाँचथरको गणेशचोकदेखि धनकुटाको मूलघाटसम्म ११२ किलोमिटर र मूलघाटदेखि बराहा क्षेत्र कोशी पुलसम्म ३६ किलोमिटर दूरी रहेको छ । सात वटा निर्माण कम्पनीले सात वटा प्याकेजमा विभाजन गरी समयावधिमा ट्रयाक खोली सक्ने निर्माण कम्पनीको दावी छ । पहिलो प्याकेजः गणेशचोक–मुक्तुुरा खोलाखण्ड यो प्याकेजको निर्माण कार्य रसुवा–तुँदी जेभीले गर्दै आएको छ । इञ्जिनीयर खतिवडाका अनुसार पहिलो प्याकेज गणेशचोक–मुक्तुुरा खोला खण्डको काम अन्तिम चरणमा छ । ट्रयाक खोल्न करीब ४०० मिटर बाँकी छ । मेची राजमार्गको गणेशचोक उद्गमस्थल रहेको करिडोरको पहिलो प्याकेजको दूरी साढे २६ किलोमिटर छ । दोस्रो प्याकेजः मुक्तुरा खेला–सिवा दोभानखण्ड १६ किलोमिटरको यो सडक खण्डको निर्माणको जिम्मेवारी श्रेष्ठ एपेक्स एण्ड थेगिम जेभीले लिएको छ । त्यस्तै सिवा खोला क्षेत्रमा भने माँझीटारदेखि ठीक माथि मध्यपहाडी लोकमार्ग क्षेत्रमा जोड्न करीब तीन किमी ट्रयाक खोल्न बाँकी छ । तेस्रो प्याकेज ः सिवा दोभानदेखि लोरिपा खोलाखण्ड यो प्याकेजको लामा–पिएस–बिरूवा जेभीले जिम्मा लिएर काम गभइरहेको छ । यो प्याकेजमा वन क्षेत्र भएकाले डिभिजन वन कार्यालयले झण्डै तीन महीना रोकिदिएको र अहिले पुन सहमति भई निर्माण कार्य थालिएको छ । कटान आदेशसमेत नलिइकन सामुदायिक वन क्षेत्रमा सडक निर्माणको कार्य गरेकाले रोकिदिएको जिल्ला बन कार्यालयले जनाएको छ । उन्नाइस किमी करिडोरको तेस्रो खण्डमा भने करीब डेढ किमी सडकको ट्रयाक खोल्ने कार्य रोकिएको छ । चौँथो प्याकेज ः लोरिपा दोभानदेखि नावाखोला खण्ड यो सडक खण्डको काम रौताहा सन्तोषी जेभीले जिम्मा लिएर धमाधम काम भइरहेको छ। यो सडक खण्ड करीब दुई किमी मात्रै ट्रयाक खोल्न बाँकी छ । यो सडक खण्ड २१ किलोमिटरको हो । पाँचौँ प्याकेज ः नावाखोला–लेउतीपुल खण्ड रौताहा सन्तोषी जेभीले नै निर्माणको जिम्मा पाएको ३० किलोमिटर दूरी रहेको नावाखोला–लेउतीपुल खण्डमा भने ट्रयाक खुलिसकेको छ भने उत्तर–दक्षिण सडक आयोजनाले यसअघि निर्माण गरेको करीब ५० प्रतिशत ट्रयाकलाई प्रयोग गरेको जेभीले बाँकी सडकको ट्रयाक निर्माण सम्पन गरेको छ । त्यस्तै, छैटौँ प्याकेज ः लेवती पुलदेखि सानो सफाइ धनकुटासम्मको यो सडक खण्ड कालिका–थोदुङ–महालक्ष्मी जेभीले जिम्मा लिएर काम गरिरहेको छ । लेवती पुलदेखि सानो सफाइ धनकुटासम्मको साढे १७ किमी करिडोरको ट्रयाक करीब चार किमी बाँकी रहेको छ । सातौँ प्याकेज ः सानो सफाइदेखि सुनसरीको बराह क्षेत्र कोशी पुल खण्ड यो सडक खण्ड शर्मा एण्ड कम्पनीले निर्माणको जिम्मा लिएर काम सम्पन्न गरिसकेको छ । पाएको सानो सफाइदेखि सुनसरीको बराह क्षेत्र कोशी पुलसम्मको साढे १७ किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ । सबै ट्रयाक खोलिसक्दा करिडोर निर्माणको प्रगति ८० प्रतिशत सम्पन्न हुने खतिवडाको भनाइ छ । “जब हामी ग्राभेल गर्ने समयमा पुग्छौँ, काम ८० प्रतिशत सम्पन्न हुन्छ । त्यसपछि ग्राभेलको काम गछ्र्रांै ग्राभेल सकेपछि भने काम शतप्रतिशत मानिनेछ ।”खतिवडाले भने । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पाँचथरका योजना प्रमुख अभिमन दास मुल्मीले कोरिडोरको ट्रयाक खोल्ने कार्य असोजसम्ममा सकेर त्यसपछि ग्राभेलको काम थालिने बताउनुभयो । उहाँले भने , “अधिकांश निर्माण कम्पनीको योजना आगामी वर्षको भदौमा सकिन्छ । बाँकीको पनि आगामी वर्षकै पुस १२ सम्ममा सकिने बताए । मध्यपहाडी लोकमार्गसँग पाँचथरको माँझीटारबाट तमोर कोरिडोर जोडिन्छ । तमोर कोरिडोर भएर धनकुटाको मूलघाटमा कोशी राजमार्ग हुँदै हिले पुगेर मध्यपहाडी लोकमार्गसँग जोडिन्छ । पाँचथरको गणेश चोकमा यो सडकले मध्यपहाडी लोकमार्गलाई जोडिन्छ । तमोर करिडोरले पहाडी जिल्लावासीलाई प्रदेशको राजधानी जोड्नेछ । करिडोरले पहाडी जिल्लाका जिल्लावासीको शिक्षा, स्वास्थ्यबाट सिधा पहुँच पुग्ने सांसद वसन्तकुमार नेमाङ्गले बताए । , “यो करिडोरको काम सम्पन्न भएपछि पहाडी जिल्लाका लाखौँ मानिस लाभान्वित हुनेछन् । यसले मानिसको जीवनस्तरमा प्रत्यक्ष लाभ पुग्नेछ ।”
नेवाङ्गले भने l
३० असार २०७६, सोमबार ००:००
0
Shares
प्रतिक्रिया