मोरङ । पथरीशनिश्चरे नगरपालिका मोरङको हारियाली सामुदायिक वन देशभरको ६५ हजार सामुदायिक वन मध्ये उत्कृष्ट छानिन्दै गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सम्मान पाउने भएको छ । वन व्यवस्थापन, गरिवी न्युनिकरण र सामाजिक विकासमा उत्कृष्ट काम गरेको भन्दै हरियाली सामुदायिक वनलाई वन तथा वातारण मन्त्रालय, वन तथा भू—संरक्षण विभागले देशभर उत्कृष्ट ठहर गर्दै पुरस्कृत गर्ने भएको हो । पुरस्कार असार ३१ गते ववरमहल स्थित काठमाडौ जिल्ला समन्वय समितिको हलबाट प्रदानहुने हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष काबुलबहादुर मगरले बताए । डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले हरियाली देशैभर उत्कृष्ट भएकोले वन मन्त्रालयले सम्माण गर्न लागेको बताए । मन्त्रालयले बर्षेनी गर्ने यो पुरस्कार १ नम्बर प्रदेश (पूर्वाञ्चल)मै पहिलो पटक हरियालीले प्राप्त गरेको डीएफओ घिमिरेको भनाइ छ ।
सामुदायिक वनमा भएको वन संरक्षण, व्यवस्थापन, पारदर्शीता, शुसासन, लेखा परीक्षण, वन पैदावरको सदुपयोग लगायतको विषयमा परीक्षण गरेर उक्त पुरस्कार वितरणहुने डीएफओ घिमिरेले बताएका हुन् । पुरस्कार एक लाख राशीसहित रहेको छ । हरियाली वन पथरीशनिश्चरे नगरपालिकामा रहेको २, ३ र ७ नम्बर वडा स्थित एक हजार २८ घरपरिवार उपभोक्ता रहेका छन् । हरियाली २०५६ मा स्थापना भएर २०६३ मा विधान दर्ता, २०७१ सालमा समुदायमा हस्तान्त्रण र २०७३ मा वैज्ञानिक वन कार्ययोजना संशोधन भएको हो । वनको क्षेत्रफल २४५.९४ हेक्टर क्षेत्र रहेको छ । सामुदायिक वनले आम्दानीको २५ प्रतिशत वन काविस, ३५ गरिवी निवारण र ४० प्रतिशत सामाजिक विकासमा खर्च गर्नुपर्ने सरकारी मापदण्ड रहेको छ । सम्पूर्ण मापदण्ड पुरा गर्दै हरियाली वनले आर्थिक बर्ष २०७५÷०७६ को राष्ट्रिय पुरस्कार प्राप्त गरेको डिभिजन वन कार्यालय मोरङले जनाएको हो । देशभर २२ हजार सामुदायिक वन रहेको छ । त्यसमध्ये यो बर्ष हरियाली उत्कृष्ट छानिएका हुन् । मोरङ जिल्लामा १३५ वडा सामुदायिक वन रहेको छ । हरियालीले गत बर्ष पनि गणेशमान सिंह सामुदायिक वनको दोस्रो पुरस्कार प्राप्त गरेको थियो । हरियालीले २०७५ मा मोरङ जिल्लामा प्रथम, २०७३ मा वैज्ञानिक वन व्यवस्थापनमा दोस्रो पुरस्कार प्राप्त गरिसका छन् । हरियालीस“गै २३ बर्ष अघिदेखि साढे ५ विगाहा जग्गामा साल लगायतको वन लगाएर निजी वन बनाउने मोरङ सुनबर्षी—६ का निलबहादुर चौहान राष्ट्रिय निजी वनको दोस्रो पुरस्कार प्राप्त गर्ने डिभिजन वन कार्यालय मोरङले जनाएको छ । चौहानले लगाएको सालको रुख चार फिट गोलाइको भइसकेको डीएफओ घिमिरेले बताए । त्यसैगरी मोरङ उर्लाबारी मंगलबारे सब—डिभिजन वन कार्यालयमा कार्यरत जम्दार टंकबहादुर विक गणेशबहादुर शाही संरक्षण पुरस्कारबाट र डिभिजन वन कार्यालय मोरङलाई पनि मन्त्रालयले सम्मान गर्ने निर्णय भएको डीएफओ विशाल घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया