
लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन असंवैधानिक भएको भन्दै बहिस्कृत समुदाय आदिवासी जनजाती,महिला,मधेशी,दलित लगतायले आज देशभर ठीक ६ बजे एकैसाथ मशाल जुलुस प्रदर्शन गर्ने भएको छ । लोकसेवा आयोगको विज्ञापन विरुद्ध चरणबद्ध कार्यक्रम अन्तर्गत आज मशाल जुलुस प्रदर्शन गरिने भएको हो । मशाल जुलुस प्रदर्शनका लागि ललितपुरको सातदोबाटो, लगनखेल, जावलाखेल, पाटन क्षेत्रबाट मसाल जुलुस निकालिने र काठमाडौंको– रत्नपार्क शान्तिवाटिका०, भृकुटीमण्डप, पुतली सडक, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, गोंगबु बसपार्क, महाराजगञ्ज चक्रपथ, चावहिल, बौद्ध, गौशाला, कोटेश्वर, बानेश्वर, कीर्तिपुरबाट मसाल जुलुस निकाल्ने तयारी तीव्र रुपमा भईरहको किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले बताएका छिन् ।
प्रतिक्रिया