पाँचथर जिल्लाको याङवरक गाउँपालिका आगामी पाँच वर्ष भित्र नमुना पालिकाको रुपमा स्थापित गरिने प्रदिवद्धता गरिएको छ । गाउँपालिका द्धारा हालै सार्वजनिक गरिएको पञ्चवर्षिय योजना अन्तर्गत उक्त लक्ष्य लिइएको हो । एन.एल.आर. नेपालको प्रविधिक सहयोगमा एकिकृत पंञ्च वर्षिय आवधिक योजना तयार गरि मिति २०७६ असार १० गतेको गाउँसभाबाट पारित उक्त आवधिक योजनालाई प्रतिनिधि सभा माननिय सांसद श्री बसन्त कुमार नेम्बाङ र १ नं प्रदेशका माननिय सांसद श्री आसारत्न जवेगुज्यूबाट संयुक्त रुपमा सार्वजनिकिकरण गरिएको थियो । यो आवधिक योजना गाउँपालिका आफैले तयार गरिएको र यो आवधिक योजना निर्माणको क्रममा यस गाउँपालिकाका सबै राजनैतिक दल संघसंस्थाहरु निर्वाचित जनाप्रतिनिधिहरु सबैको सक्रिय सहभागितामा निर्माण गरिएकाले यस दस्तावेज याङवरक गाउँपालिका लागि एक महत्पूर्ण दस्ताबेज र विकास कार्यमा अघि बढ्न सहज भएको पालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताएका छन् । यहि आवधिक योजनाको आधारमा याङवरक गाउँपालिकाले यस आर्थिक वर्ष २०७६।७७ को वार्षिक कार्यक्रम तय गरेको हुँदा पाँचवर्ष भित्र याङवरक गाउँपालिकालाई नमुना गाउँपालिका रुपमा विकास गरिने प्रदिवद्धता गरिएको छ ।
२९ असार २०७६, आइतबार ००:००
0
Shares
प्रतिक्रिया