१७ फाल्गुन २०८१, शनिबार । March 1, 2025

मुख्य खबर

भारतले सप्तकोशी नदीको ढोका बन्द गर्न नेपाल सरकारलाई निर्देशन दिएको कुरा हल्लामात्र



सप्तकोशीमा नदीमा पानीको बहाब बढेर विहार डुब्न लागेको र भारत सरकारले सप्तकोशी नदीको ढोका बन्द गर्न नेपाल सरकारलाई निर्देशन दिएको कुरा हल्लामात्र भएको जनाईएको छ । विभिन्न सञ्चार माध्यममा भारत सरकारले सप्तकोशी बाँधको ढोका बन्द गर्न नेपाललाई दबाब दिएको विषय निराधार र हल्ला मात्र भएको सप्पर्क तथा भुआर्जन कार्यालय कोशीका सम्पर्क अधिकृत सन्तोष लिम्बूले बताएका छन् ।

लिम्बूका अनुसार अहिले सप्तकोशी नदिमा ३ लाख ४७ हजार क्युसेट बराबरको पानीको बहाब रहेको र ४१ ओटै ढोकाहरु खुल्ला गरिएको छ । अहिलेसम्म ३५ ओटा ढोका खुल्ला गरिदै आएको मा यो चोटी बढाइएको हो । गतसाल पानीको बहाब ४ लाख क्युसेट सम्म बगेको रेकड भएकाले अहिले नै नआतिन तर आवस्यक सतर्क चाहि रहन कार्यालयले सबै जनमानसमा अपिल गरेको छ । अहिले सम्म कुनै धनजनको क्षति नभए पनि पश्चिमी तटबन्ध अन्तरगत सप्तरी जिल्लाको हनुमान नगरपालिका बजारको आधिकांश भाग,धानको ब्याड र रोपो डुबेर पुरै क्षति भएको स्थानिय बेचन खड्काले बताएका छन्। १३ बर्ष यताकै सबै भन्दा ठुलो पानी आफ्नो घरतिर आएको भन्दै यही रक्तारमा पानी बढ्ने हो भने भारदह,हनुमान नगर जोगिन्निहा लगायत क्षेत्रहरुमा धनजनको पनि क्षति पुग्ने सक्ने भएकाले सचेत हुन सम्बन्धित निकाय र सर्वसाधरणमा अपिल गरिएको छ ।

प्रकाशित : २९ असार २०७६, आइतबार ००:००