काठमाडौं, २८ असार । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी ३१ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १३ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा ११ जना गरी ६४ जनाको उद्दार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बाढी पहिरोमा परी भोजपुरमा ५, काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा ३/३ जना, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना र ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३१ जनाको ज्यान गएको हो ।
साथै मकवानपुरमा ३ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी ११ जना घाइते भएका हुन् । सिन्धुलीमा ४ जना, काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा १/१ जना गरी १३ जना वेपत्ता भएका छन् ।
वर्षाले ल्याएको विपद
प्रतिक्रिया