१७ फाल्गुन २०८१, शनिबार । March 1, 2025

मुख्य खबर

झापामा डुबानले जनजीवन अस्तव्यस्त



सिवशतासी नगरपालिका भएर बग्ने कमलनदीको बाँध फुटेर गएको पानीको बहावः फोटो दुर्गा नेम्वाङ


न दिनयता आएको अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न बनेका छन् । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापित समेत बनेका छन् ।खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । झापा गाउँपालिका–१ को मिलनबस्तीमा कनकाई नदीको बाढी बस्तीमा पस्दा ७८ घरधुरी प्रभावित भएका छन् । घरमा पानी पस्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेका छ । कनकाई नगरपालिका–६ स्थित विजनी खोल्साको पानी भरिएर बाँसको बाँध फुटाएर नजिकैको शिवाकोटी गाउँ, मन्सापुर, चम्पापुरका ११० घरधुरीमा पानी पसेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

यस्तै, गौरीगञ्ज गाउँपालिका–१ को कुञ्जीबारी पूर्वको सन्थालबस्ती कनकाईको बाढीले डुवानमा र कोरोबारी आपगाछीका नौ घरपविार विस्थापित भएर आफन्तकामा आश्रयमा रहेका रेडक्रसका सभापति लोकराज ढकालले बताउनुभयो । मेचीनगर–१४ दुहागडीका ४१ वर्षीय सुफल हस्दा खोलाले बगाएर बेपत्ता छन् । शारीरिक रुपमा अपाङ्गता भएका उहाँलाई फुलवासा खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएको हो । मेचीनगर–५ मा मेची नदीमा आएको बाढी बस्तीमा पस्दा १२५ घरधुरी प्रभावित भएका छन् ।

शिवसताक्षी–३ मा ताराबारीमा कनकाई नदीमा आएको बाढी पस्दा १४ घरपरिवार डुबान भएको रेडक्रसले जनाएको छ । कनकाई, बिरीङ, मावा, टाङ्टिङ, कमल, बनियानी लगायतका नदी तथा खोलामा रहेको तटबन्ध फुट्न गई धान खेतीमा लगायत बालीनालीमा ठूलो क्षति पुगेको जनजीवन नराम्रो गरी प्रभावित बनेको स्थानीय दुर्गा नेम्वाङले टुडिखेलसंग बताएका छन् ।
–––

प्रकाशित : २८ असार २०७६, शनिबार ००:००