
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा शनिबार बिहान गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ ।
घरमा बसिरहेका आमा, छोरालाई शनिबार बिहान करिब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए। घरायसी कामले श्रीमान कुमार राई गाउँ निस्केका बेला पहिरोले श्रीमती र छोराहरुलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया