
काठमाण्डौ । हिजो राति देखि काठमाण्डौ उपत्यका लगायत देशका अधिकांश भागमा परेको भारी वर्षका कारण देशका कतिपय स्थानहरु डुमान सगै जलमग्न भएको छ । यसरी लगातार परेको पानीले धेरै स्थानमा क्षति पु¥याउने सम्भावना रहेकोले जल तथा मौसम विभागले सबै पक्ष सचेत साथै सर्तक रहन आग्रह गरेको छ ।
सो अबिरल परेको पानीले सिंहदरबारको पूर्वि तर्फको पर्खाल करिब विहान १० बजे भत्किएको हो । कार्यालय समयमा अति व्यवस्त हुने सडक, भाग्यवस सो पर्खाल भत्किंदा कसैको ज्यान भने गएको छैन तैपनि प्रत्यक्षदर्शीका अनुसार एकजना पैदल यात्रीलाई चोट लागेको उक्त घाइटेलाई उपचारका लागि सहयोगीले अस्पताल तर्फ लगेको बताए । यसैले प्रष्ट हुन्छ कि सिंहदरबारको पर्खाल कति सम्म बलियो निर्माण गरिएको छ भन्ने तथ्य देखियो । यो सिंहदरबारको पर्खाल नभइ वर्ष याममा मानव पासो हुने ठुलो सम्भावना छ ।
प्रतिक्रिया