संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पाण्डितमाथि ललितपुरमा आयोजित एक कार्यक्रममा नाराबाजी भएको छ ।।।।शुक्रवार ललितपुरको जाउलाखेलमा आयोजित आदीवासी जनताजी उत्थान राष्ट्रिय प्रतिष्ठानद्धारा आयोजित एक कार्यक्रममा सहभागी हुन गएका मन्त्री पण्डितमाथि आदिवासी जनजातिका युवा विद्यार्थीको एक समूहले कार्यक्रम स्थलमा पसेर नाराबाजी गरेको हो ।प्रतिष्ठानको १९ औं सञ्चालक परिषद्को बैठकमा अध्यक्षता गर्न बोलाइएका मन्त्री पण्डित विरुद्ध युवाहरुले नाराबाजी गरेका थिए । बैठक बसिरहेको बेलामा कालो झण्डासहित पुगेका उनीहरुले मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए भने लोकसेवाको विज्ञापन खारेजीको माग गरेका थिए ।
वैठक स्थलमा होहल्ला बढेपछि मन्त्रीको सुरक्षामा खटिएका अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट बाहिर निकालेका थिए । मन्त्री पण्डितलाई आदिवासी आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका र पिछडिएको क्षेत्रविरोधी र आरक्षणविरोधी भन्दै उनीहरूले नाराबाजी गरेका हुन् । यो नाराबाजीसंगै आरक्षण बचाऔंको अभियान सुरु भएको भनि सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ ।
प्रतिक्रिया