नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले बताएका छन् । साउन २६ देखि २८ सम्म लालितपुरमा आयोजना हुने उक्त सम्मेलनमा १२५ भन्दा बढी कृषक, उद्यमी तथा कृषि व्यवसायीको उपस्थिति रहने आयोजक संस्था फोर एच नेपालका संयोजक लोकराज अवस्थीले जानकारी दिनुभयो । सम्मेलनमा नेपालका १० उत्कृष्ट कृषक तथा कृषि व्यवसायीलाई पुरस्कृत गरिनेछ । फरक–फरक छ विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै कृषि वस्तुको विश्वबजारीकरणमा एशिया, कृषिमा नयाँ प्रविधिको प्रयोग तथा कृषिको गुणस्तरीय उत्पादन र बजारीकरण तथा कृषिनीतिमा खुला छलफल हुनेछ । सम्मेलनमा कृषि योगा, कृषि थेरापी तथा अरु विभिन्न क्रियाकलाप सञ्चालन गरिने आयोजकले जनाएका छन् । –––
२६ असार २०७६, बिहिबार ००:००
0
Shares
प्रतिक्रिया