
मोइथाई एसोसिएसन नेपालको आयोजनामा १ नम्बर प्रदेश स्तरीय मोइथाई प्रतियोगिता बुधबारबाट पाँचथर जिल्लाको फिदिममा सुरु भएको छ । प्रतियोगितामा प्रदेश नम्बर १ का झापा,इलाम,उदयपुर,पाँँचथर र तेह्रथुम जिल्लाबाट १ सय जना सहभागी रहेको एसोसिएसनका संस्थापक उपाध्यक्ष तथा मुख्य प्रशिक्षक रमा राईले जनाएको छ । प्रतियोगिताको उद्घाटन १ नम्बर प्रदेशका समाजिक विकास मन्त्री जीवन घिमिरेले गर्नु भएको थियो । उद्घाटन विभिन्न जातिय साँस्कृतिक झाँकीसहित गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई गोल्ड मेडल,दोस्रो हुनेलाई शिल्भर मेडल लगायत अन्य आकर्षक मेडत तथा पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया