मोरङ । धार्मिक सद्भाव कायम र विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले १ नम्बर प्रदेशको अन्तर कलेज स्तरीय वक्तित्व कला प्रतियोगिता हुने भएको छ । मोरङको लेटाङमा मुख्य कार्यालय रहेको सामुदायिक विकास मञ्च (सीडीएफ) र अन्तर धार्मिक शान्ति सञ्जालको आयोजनामा साउन २४ गते वक्तित्व कला प्रतियोगिता हुने भएको हो ।
आयोजक सीडीएफले आज .(असार २३) मोरङको पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा वक्ताले ‘सामुदायिक शान्ति निर्माणको लागि धार्मिक सहिष्णुता’ शीर्षकमा वक्तव्य दिनुपर्ने आयोजक समितिले जनाएको छ । पथरीशनिश्चरे—२ को सीनभिजेल पार्टी प्यालेसमा हुने कार्यक्रमको लागि साउन १५ गते भित्र आवेदन दिनुपर्ने शावित्रा शिवाकोटीले बताए । आवेदन दिन कम्तिमा ११ कक्षा पढ्दै गरेको हुनु पर्ने सुमन कुरुङ्वाङ्गले बताए । प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो हुने प्रतिष्प्रर्धीले क्रमस नगद २५, १५ र १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा सीडीएफ नेपालको अध्यक्ष कृष्णबहादुर भट्टराई, परियोजना संयोजक सावित्रा शिवाकोटी, आकाश थुलुङ राई, अन्तर धार्मिक युवा सञ्जालको संयोजक सुमन कुरुङ्बाङ्ग लगायतको उपस्थिति रहेको थियो । सामुदायिक विकास मञ्चले विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसँग मिलेर नेपाल धार्मिक सहिष्णुता कायम गर्न कार्यक्रमहरु गर्दै आएको छ । विश्वको विभिन्न मुलुकहरुमा हुँदै आएको धार्मिक द्वन्द्व नेपालमा नभित्रियोस भन्ने उदेश्यले विभिन्न कार्यक्रमहरु गर्र्दै आएको छ ।
प्रतिक्रिया