
बाल्टिमोर । अमेरिकाकाको बाल्टिमोरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश एकका मुख्यमंत्री शेरधन राईले नेपालीले रोजेको नयाँ राजनैतीक संरचनाले विदेशमा रहेका सबै नेपालीको भावना समेट्न सक्ने विश्वास दिलाएका छन् ।
नेपाली नेसनल कन्भेन्सनमा प्रमुख अतिथि रहेका राईले विदेशमा रहेका नेपालीको विषेश समस्यालाई सम्बोधन गर्न नेपल सरकार गंभीर हुने आस्वासन दिए ।

उपस्थिती रहेकाहरुलाई सम्बोधन गर्दै भने ‘तपाईंहरु नेपाल र नेपालीको हितका लागि गोलबद्य भएकोमा खुसी लागेको छ ।’ राईले आयोजक संस्थाको छाता मुनी अझधेरै संगठीत हुन पनि आग्रह गरे ।

अर्का अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले नेपालीहरु विदेशीका लागि राम्रो हुने तर नेपाली आपसमा नराम्रो हुने आदत छाड्न आग्रह गरे । उनले नेपालीहरु पहिले आपसमा मिलेरमात्र नेपाल र नेपालीको हितको लागि काम गर्न सक्ने बताए ।

कार्यक्रममा मेरिल्याण्ड राज्यका समसद ह्यारी भण्डारी, कन्भेन्सन चियर विजय श्रेष्ठ, नेपाली कंग्रेसका केन्द्रीय सदस्य दिपक गिरी, नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे, राईनास नगरपालिकाका मेयर सिंहबहादुर थापा, नागार्जन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत लगायत अन्य अथिथिहरुको उपस्थिति थियो ।
कार्यक्रमको अध्यक्षता आयोजक संस्था नेपाली नेसनल कन्भेन्सनका संयोजक सुबोधविलास पन्तले गरेका थिए । विभिन्न नेपाली कला, संस्कृती, नाचगान लगायत अन्य कार्यक्रम सहित भईरहेको कार्यक्रम जुलाई ५ देखि ७ तारिख सम्म चल्ने छ ।

प्रतिक्रिया