१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

मुख्य खबर

पथरीशनिश्चरे नगरमा भ्रष्टाचार विरुद्ध निरन्तर खवदारी



मोरङ । पथरीशनिश्चरे नगरपालिका मोरङमा भ्रष्टाचारको गन्ध आइरहेको भन्दै विभिन्न समुहले भ्रष्टाचार विरुद्ध खवदारी गरिरहेका छन् । आज (असार २०) गते विशाल सहयोगी मनको आयोजनामा ‘भ्रष्टाचार गर्न पाइदैन’, ‘भ्रष्टाचारी कर्मचारी चाहिदैन, ‘भ्रष्टाचारी जनप्रतिनिधिलाई सामाजिक बहिस्कार गरौ’ लगायतको नारा लगाएर पथरी बजार परिक्रमा गरेका थिए । बजार परिक्रमा पछि जा“ते मोडमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा आयोजक विशाल सहयोगी मानका संयोजक धनकुमार तामाङले भ्रष्टाचारी प्रमाणित भएमा नछाडिने चेतावनी दिए । तामाङले नगरपालिकाको केही जनप्रतिनिधि, कर्मचारीमा भ्रष्टाचारको गन्ध आइरहेकोले सच्चिन आग्रह गरे ।

नगरमा हुदै आएको तमाम खाले वेथितिको आफूहरुले गहिरिएर नियाली रहेको भन्दै जनप्रतिनिधि र कर्मचारी नसच्चिए ‘कालो मोशो’ दलेर जनतामा सार्वजनिक हुने चेतावनी दिए । पथरीशनिश्चरेको जनता कमजोर नभएको तर्क प्रस्तुत गर्दै नगरको वेथिति रोक्न नगरवासी युवाहरुलाई आव्हान समेत गरे । तामाङले भने ‘विशाल सहयोगी मनले कार्यक्रम आयोजना गर्ने भएपछि आजै नगर कार्यालय घेरेर कालो मोशो दल्ने भनेर गलत सूचना प्रवाह भएछ, त्यसो नभएर सचेत गराउने कार्यक्रम मात्र हो ।’ तामाङले १ नम्बर वडा अध्यक्ष बाबुराम एङ्देन लिम्बूले वडाकार्यालय आफ्नो घरै लगेर राखेको प्रति विरोध जनाए । वडा अध्यक्षले घरैमा कार्यालय लगेर राखेपछि सेवाग्रहीलाई असहज भएको भन्दै तामाङले तत्काल अन्त सार्न आग्रह गरे । कार्यक्रममा लोककिरण न्यौपानेले नगरप्रतिनिधिहरु होटलमा ‘दलालहरु स“ग’ बसेर कार्यक्रम सेटिङहुने गरेको आरोप लगाए ।

कार्यक्रममा सञ्चारकर्मी अर्जुन जम्नेली राई, प्रदिपकुमार राई लगायतले आफ्नो धारणा राखेका थिए । सञ्चारकर्मी राईले भ्रष्टाचार विरुद्ध खबदारी निरन्तर गरिनुपर्ने बताएका छन् । खबदारीलाई जनप्रतिनिधिहरुले पनि सकारात्मक रुपमा लिनुपर्ने सञ्चारकर्मी राईको भनाइ थियो । कोणसभा अघि भएको ¥यालीमा नेपाली कांग्रेसका क्षेत्रीय अध्यक्ष गणेश खड्का लगायतको उपस्थिति रहेको थियो । धनकुमार तामाङ गएको स्थानीय तहको निर्वाचनमा नगरपालिका १ नम्बर वडा अध्यक्षको स्वतन्त्र पमेद्वार हुन् । तामाङ तत्कालीन एमालेका उमेद्वार बाबुराम एङ्देन लिम्बूको निकटतम प्रतिद्वन्द्वी हुन् । तामाङले तत्कालीन कांग्रेस र माओवादी केन्द्रभन्दा बढी मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भएका हन् । पथरीशनिश्चरे नगरमा यस अघि असार १४ गते पनि पिस ल्याम्प र माउण्ट एभरेष्ट इन्टरटेन्टमेन्टले सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुख द्वारिकलाल चौधरी बोलाएर भ्रष्टाचार विरुद्धको अभियान कार्यक्रम गरेका थिए ।

प्रकाशित : २० असार २०७६, शुक्रबार ००:००