काठमाडौं । स्पेश एक्स, टेस्ला जस्ता विश्वकै प्रख्यात कम्पनीका मालिक एलोन मस्कले ट्विटरलाई एक्समा रुपमान्तरण गरेका छन् ।
यो उनको चीनको विशाल एप वीच्याट जस्तै बनाउने र वीच्याट विस्थापन गर्ने चाहानाको पहिलो कदम हो । मक्सले निक्कै चर्चामा रहेको ट्विटर गत बर्ष किनेदेखि नै यो विशाल सामाजिक सञ्जालको रिब्राण्ड गर्ने बताउँदै आएका थिए ।
एक्सलाई झनै विशाल बनाउने मक्सको चाहाना छ । उनले गतबर्ष ४४ अर्ब अमेरिकी डलरमा किनेको थियो । वीच्याटको एलोन मक्स प्रशंसक हुन । च्याट, डेटिङ मात्र होइन भूक्तानी प्रणाली जस्ता आकर्षक फिचरहरु यस एपमा समेटिएका छन् ।
मक्सले एक्स एपबाट नै तपाईको वित्तीय विश्व चल्ने छ भनेर उद्घोष गरिसकेका छन् । मक्सले ट्विटर किनेदेखि नै घाटामा छ । मक्सले किनेसंगै ट्विटरले विज्ञापन बजार गुमाएको थियो ।
प्रतिक्रिया