काठमाडौँ । दोलखाको वैत्येश्वर गाउँपालिका ६ नाम्दुमा जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
वैत्येश्वर गाउँपालिका ६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नंको बोलेरो जिपले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुखले जानकारि दिएका छन् ।
शव परीक्षणका लागि चरीकोट ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया