२८ आश्विन २०८१, सोमबार । October 15, 2024

Breaking

ऋषि कट्टेल को पक्षमा नेकपा नाम विवादको फैसला



काठमाडौँ ।   सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नेकपा राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको बताइएको छ ।

निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी ने क पा राखी निर्वाचन आयोगमा पेश गरेका थिए ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार ००:००