काठमाडौं । नायक अजय देवगणको कारलाई रोक्दै एक यूवकले उनीमाथि प्रश्न गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । २८ बर्षका ती यूवकले अजयले किसानहरुको आन्दोलनको बिषयमा नबोलेको भन्दै उनीमाथि प्रश्न सोधेका थिए ।
गोरेगाउँमा रहेको फिल्म सिटीको बाहिर अजयको कार रोक्दै प्रश्न गर्ने यूवकलाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार बिहान साढे १० बजे यो घटना भएको भारतिय संचार माध्यमले उल्लेख गरेका छन् । अजयका वडिगार्डले प्रहरीमा उजुरी दिएपछि राजदिप पक्राउ परेका हुन् ।
पक्राउ युवाको विषयमा पनि अजयले केहि बोलेका छैनन् ।
केही समय अगाडि पनि नायिका जान्हवी कपुरको नयाँ चलचित्रको छायांकनमा कृषकहरुले अवरोध खडा गरेका थिए ।
प्रतिक्रिया