काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट खेल्ने भएका छन् ।
सन्दीपले लाहोर कलन्दर्सबाट पीएसएल खेल्ने भएका हुन् । जसका लागि सन्दीप आज कराँची प्रस्थान गरेका छन् ।
सन्दीप कतारको दोहा हुँदै कराँची पुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
अष्ट्रेलियामा बिग बास लिग खेलेर आएका सन्दीप आईपीएलमा अनसोल्ड भएका थिए ।
प्रतिक्रिया