२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मुख्य खबर

देशभर थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं ।  देशभर थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ४४ वटा गरिएको पिसिआर परीक्षणमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ८४ रहेको छ। पछिल्लो २४ घन्टामा संक्रमण मुक्त भई ५४ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७० हजार२ सय ७७ जना पुगेको छ । यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ रहेको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या २ हजार ७ सय ७१ रहेको छ । हाल क्वारेन्टाइनमा ७१ जना रहेका छन् ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार ००:००