२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मनोरञ्जन

पल शाह : म र मेरो सहयोगि माथि दुर्व्यवहार भयो



काठमाडौं ।  नायक पल शाहले चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दुर्व्यवहार गरेको स्पस्ट पारेका छन् ।

प्रदेश १का अध्यक्ष अरुण प्रधानले आफु विरुद्ध दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी गरेपछि यो घटना बाहिरिएको हो ।

अरुणले पलविरुद्ध इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएको खबर सार्वजनिक पछि एभरेष्ट वीकसंग कुरा गर्दै नायक पल शाहले म र मेरो सहयोगि माथि दुर्यव्यवहार भयो ।

पलले फेरि भने–‘एउटा कार्यक्रमका लागि अरुणजीले मलाई जानुपर्छ भनेपछि मैले मेरो म्यानेजर कृष्ण जोशीसँग कुरा गर्न भनेको थिएँ । यसपछि अरुणजीले मलाई ए यो भाई ठूलो भएको, म यसको नाम हटाइदिन्छु भन्दै औला नै ठड्याएर कुरा गर्नुभयो ।

सोही समयमा कृष्ण र अरुणविच धकेलाधकेल पनि भएको पलले बताएका छन् ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार ००:००