२३ माघ २०८१, बुधबार । February 6, 2025

Breaking

४ सय ५५ जना हवल्दार भए असई


३ फाल्गुन २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं। नेपाल प्रहरीको ४ सय ५५ जना हवल्दार प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा भएका छन्।

प्रहरी नियमावली – २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान बमोजिम उनीहरूको बढुवा भएको हो।

बढुवा समितिको आइतबार बसेको बैठकले उनीहरूको बढुवा गरेको जनाएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको बढुवा सूचीको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी हवल्दार सामीनाथ यादव रहेका छन्।

दोस्रो नम्बरमा थमनबहादुर पराजुली परेका छन्। उनी महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्ध काठमाडौंमा कार्यरत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार ००:००