काठमाडौँ २५ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को प्रचण्ड–माधव समूहका नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निष्ठा कमजोर भएको बताएका छन् ।
आइतवार ‘असंवैधानिक संसद् विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ लाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनप्रति प्रधानमन्त्री ओलीको निष्ठा र आस्था कमजोर भएको बताएका हुन् । कम्युनिस्ट आन्दोलनप्रति ओलीको प्रतिबद्धतासमेत कमजोर भएको र मार्क्सवादलाई अवसरवादको रूपमा बुझी आफ्नो स्वार्थको साधन बनाउन चाहेको उनको भनाइ छ ।
प्रतिक्रिया