१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Breaking

नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण


२४ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ २४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ९५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६७ हजार ८१२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

प्रकाशित : २४ माघ २०७७, शनिबार ००:००