९ बैशाख २०८२, मंगलबार । April 22, 2025

मनोरञ्जन

शैक्षिक सत्रमा २४ जना विद्यार्थीलाई ‘फिल्म स्टडिज’ छात्रवृत्ति दिने


२३ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ २३ माघ । निर्देशन, अभिनय, सिनेम्याटोग्राफी, साउन्ड डिजाइनरदेखि सिनेमाको कुनैपनि क्षेत्रमा करियर बनाउन चाहनेहरुले अहिले विशेष कोर्स गर्न सक्छन् । खासगरी ओस्कार कलेज अफ फिल्म स्टडिजले त्रिभूवन विश्वविद्यालयको सम्बन्धनमा ‘फिल्म स्टडिज’को विशेष पठन–पाठन गराइरहेको छ । त्रिवीको सम्बन्धनमा सिनेमा सम्बन्धी पढाई हुने नेपालको एकमात्र कलेज हो यो ।

यही कलेजले यस शैक्षिक सत्रमा २४ जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । आर्थिक समस्याकै कारण सिनेमा सम्बन्धी अध्ययन गर्न चाहनेहरुको लक्ष्य थाँती नरहोस् भनेर कलेजले विशेष छात्रवृत्तिको व्यवस्था गरेको प्रिन्सिपल एवं निर्देशक विनोद पौडेलले बताए । ‘सिनेमा क्षेत्रमा राम्रो संभावना भएका युवाहरु थुप्रै छन्, जो आर्थिक लगायतका कारणले औपचारिक अध्ययन गर्न सकिरहेका हुँदैनन्’ पौडेल भन्छन्, ‘त्यस्ता सिर्जनसिल जनशक्तिलाई होस्टेमा हैसे गर्नका लागि छात्रवृत्तिको व्यवस्था गरिएको हो ।’

१६ बर्षअघि स्थापना भएको ओस्कार कलेजमा पठन–पाठन गरेका थुप्रै विद्यार्थी अहिले नेपाली सिनेमामा सक्रिय छन् ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार ००:००