१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

प्रतिनिधि सभा विरुद्धको प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल


१८ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १८ माघ ।। नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरुद्धमा पार्टी मातहतको १३ वटा भातृ संस्थाहरूले भोलि गर्ने भनिएको प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ।

पार्टी केन्द्रीय कार्यालयले देशभरका कांग्रेसी, समर्थक र शुभचिन्तकहरूलाई प्रदर्शनमा सहभागी हुन आज अपिल गरेको हो। संसद् विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासिनताका कारण प्रदर्शन गर्न लागिएको अपिलमा उल्लेख छ।

प्रदर्शन गर्ने भनिएका कांग्रेसको भातृ संस्थाहरू नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज हुन्।

तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत कांग्रेसले भातृ संस्थाहरूमार्फत प्रदर्शन गर्न लागेको हो। फागुन ८ गतेसम्मको आन्दोलनको कार्यक्रम कांग्रेसले यसअघि नै सार्वजनिक गरेको छ।

प्रकाशित : १८ माघ २०७७, आइतबार ००:००