२३ माघ २०८१, बुधबार । February 5, 2025

Breaking

प्रचण्ड-नेपाल समूहको ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय



काठमाडौं ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्य समेत हटाउने निर्णय गरेको हो ।
गत माघ गते बसेको स्थायी कमिटीले लोकतन्त्र, संविधान र पार्टीविरुद्ध गतिविधि गरेकाले साधारण सदस्यबाट किन नहटाउने भनेर ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । प्रचण्ड–नेपाल समूहले बालुवाटारमा पुगेरै स्पष्टीकरण पत्र बुझाएका थिए । सोधिएको स्पष्टिकरणमा ओलीको कुने जवाफ नआएका कारण निस्काशन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्रकाशित : ११ माघ २०७७, आइतबार ००:००