१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

मुख्य खबर

संसद विघटन बाध्यात्मक : मन्त्री नेम्बाङ्ग



काठमाडौं १०, माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले संसद विघटन बाध्यात्मक भएको बताउनु भएको छ । उहाँले चौतफी घेराबन्दी गरेर काम गर्ने वातावरण समेत नभएको कारण नयाँ जनमतका लागि झण्डै दुईतिहाइ बहुमत प्राप्त सरकारले ताजा जनमतमा जाने निर्णय गरेको बताउनु भएको हो ।
पाँचथर–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको पुनःगठन भेलालाई सम्बोधन गर्दै नेम्बाङ्गले संसद विघटनका कारण वर्तमान परिस्थिती सिर्जन नभएको समेत दाबी गर्नु भयो । बरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहेको व्यक्तिवादी विचार, नीति, कार्यक्रम र सिद्धान्तका कारण पार्टीमा विभाजन आएको बताउनु भयो ।
उहाँले पार्टी सुद्धिकरणको आवश्यक रहेको बताउनु भयो । भन्नुभयो गलत चिन्तनलाई अन्त्य गर्दै पार्र्टी भित्र महान सुद्धिकरणको आवश्यकता रहेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७२ वर्षको इतिहासमा सबै भन्दा ठूलो कम्युनिस्ट पार्टी र बहुमतको सरकारसमेत बनेको उहाँले उल्लेख गर्नु भयो ।
उहाँले मुलुकको समृद्धिको नेतृत्व गर्न र समाजवाद उन्मुखनीति कार्यक्रम अख्तियार गर्न दुई ठुलो पार्टी एकीकरण गरिएको भएपनि त्यो पार्टीबाटै सफल हुन दिइएन ।’
ठुलो पार्टीको हैसियतमा समृद्ध नेपाल सुखि नेपालीको निर्माण गर्ने अभियानको नेतृन्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल हुन नदिने चलखेल भएको समेत बताउनुभयो । उहाँले भन्नुभयो –‘देश विकासकालागि प्रधानमन्त्रीबाट तिब्र गतिमा सुरु भएको थियो । तर, उहाँको नेतृत्वलाई अगाडि जान नदिने, सफल हुन नदिने विभिन्न खालका चलखेलहरु एक वर्ष नपुग्दै देखि सुरु भएको बताउनु भयो ।
उहाँले बर्तमान सरकारले भौतिक पूर्वाधार निर्माण र विस्तारका नयाँ नयाँ क्षेत्रहरु पहिचान गरि अगाडी बढाएको समते उल्लेख गर्नु भयो ।

प्रकाशित : १० माघ २०७७, शनिबार ००:००