काठमाण्डौ ९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आजको सभा कास्टिङ मात्र भएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले शक्ति प्रदर्शनपछि भृकुटीमण्डपमा भएको विरोध सभालाई सम्धोधन गर्दै भने फिल्म देखाउन बाँकी नै छ ।
उनले प्रधानमन्त्री ओलीले सवैधानकि कु गरेको भन्दै त्यसको जनताले प्रतिरोध गर्ने बताए । प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने जिकिर समेत गरे ।
काठमाण्डौको माइतीघर, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, लैनचौर, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, बागबजार लगायतका स्थानबाट जुलुस निस्किएको जुलुस रत्नपार्कमा मिसिएको थियो । त्यो मुल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, भद्रकाली, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्ड पुगेर विरोधसभामा परिणत भएको छ । अहिले विभिन्न नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ ।
प्रतिक्रिया