काठमाडौ । बलिउडमा कलाकारहरुले महंगो घर किनेको खबर त नौलो होइन । गतबर्ष नायिका आलिया भट्टदेखि रणवीर कपुरले नयाँ घर किने । अब, महंगो रकममा नयाँ घर किन्ने नायिकामा जान्हवी कपुरको नाम पनि थपिएको छ । नायिका जान्हवी कपुरले मुम्बइको जुहु इलाकामा ३९ करोडमा नयाँ घर किनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।अर्या विल्डिङमा रहेको ३ वटा फ्ल्याट जान्हवीले खरिद गरेकी हुन् । जान्हवीले डिसेम्बर ७ मा घर खरिदको संझौता गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
२६ पुस २०७७, आइतबार ००:००
0
Shares
प्रतिक्रिया