काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा आर्थिक अनियमितता भएको उजुरीपछि छानविन गर्न फिफाका प्रतिनिधि नेपाल आएका छन् । बुधबार फिफाका प्रतिनिधि नेपाल आएको हो ।
फिफाका लागि अुसन्धानमा काम गर्ने क्रोलका प्रतिनिधि नेपाल आएका हुन । न्युयोर्क मुख्य कार्यालय रहेको क्रोल कर्पोरेट अनुसन्धान गर्ने फर्म हो। आर्थिक अनियमितता अनुसन्धान गर्नका लागि फिफाले क्रोलको सहयोग लिदै आएको छ ।
फिफा फरवार्ड कार्यक्रमअन्तर्गत एन्फाले प्राप्त गरेको ३ लाख २५ हजार अमेरिकी डलर अनियमितता भएको उजुरी परेको बताइएको छ ।
क्रोलका प्रतिनिधिले शुक्रबार एन्फा कार्यालय पुगेर सोधपुछ गरेको छ ।
प्रतिक्रिया