धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीको सम्बोधनमा प्रचण्ड-नेपाल पक्षलाई १० सिट ल्याएर देखाउन चुनौति दिएका छन् ।
प्रम ओलीले धनगढीको जनसभालाई सम्बोध गर्दै प्रधानमन्त्री ओलीले आफूले २०५४ सालमा तत्कालिन एमाले फुट्दा पनि १० सिटको चुनौती दिएको स्मरण गरे ।
२०५४ सालमा पनि हामीले भनेका थियौं चोइटिएर जानेहरुले दुई अंकमा सिट जितेर देखाउनुस्, दुई अंकमा भनेको देशभरीबाट १० सिट ल्याएर देखाउनुस्’ उनले भने,‘धनगढीको यस आमसभामा म भन्दैछु १० वटा सिट ल्याएर देखाउनुस् ।’
प्रधानमन्त्री ओलीले माधव प्रचण्ड पक्ष आफन्तको लागि राजनीतिमा लागेको टिप्पणी । आफूले कोही आफन्तलाई टिपेर कुनै पदमा नराखेको बताए ।
प्रतिक्रिया