फाइल तस्विर
काठमाडौं २० पुस। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहाललाई उपचार गर्न आज मुम्बई लगिँदै छ । बिहान ११ बजेको उडानबाट मुम्बई लान लागिएको हो । साथमा छोरी गंगा दाहाल पनि मुम्बाई जाने दाहालको सचिवालयले जनाएको छ ।
सीता दाहाल मस्तिष्कसंग सम्बन्धित एक जटिल रोगले पिडित छिन् । मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई भारतमा थप उपचार गरिनेछ ।
प्रतिक्रिया