२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

संखुवासभामा दुईवटा सेमिच्योङ भवन उद्घाटन



खादबारी । संखुवासभामा दुईओटा सेमिच्योङ भवन उद्घाटन भएको छ ।
स्वार्गिक मार्गसंघ संखुवासभाले खादबारीमा निर्माण गरेको सेमिच्योङ भवन शुक्रबार र सभापोखरीको धुपु इकाइले धुपुमा निर्माण गरेको सेमिच्योङ भवन शनिबार सेमिङ गुरु नेपालले छुटाछुटै कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।


खादबारीको अस्थाइ सेमिच्योङ भवन ५ लाख ५० हजार भक्तजनहरुको चन्दाबाट निर्माण गरिएको हो । त्यस्तै धुपुको भवन १ लाख सभापोखरी गाउँपालिका दुई नम्बर वडा र २ लाख चन्दा गरि ३ लाख लागतमा निर्माण सम्पन्न भएको हो ।
खादबारीको अस्थाई भवन नजिकै प्रदेश सरकारको १ करोड ५० लाख लगानीमा पक्कि भवन निर्माणाधिन रहेको स्वार्गिक मार्गसंघ संखुवासभाका सचिव गणेश गाउँलेले बताए ।
संखुवासभामा भवन उद्घाटनसंगै स्वार्गिक मार्ग संघले हरेक जनवारी फष्टमा गर्दै आएको दुःख हरण पुजा र मेडिटेशन समेत सम्पन्न भएको छ ।


विश्वव्यापी कोरोना भाइरस कोभिड १९ महामारीका बीच सयाँै भक्तजनहरु पुजमा सहभागी भएको आयोजकले जनाएको छ ।
भवन उद्घाटन भएसंगै मेडिटेशनमा ठूलो योगदान पुग्ने सेमिङ गुरु नेपालले विश्वास व्यक्त गरे । उनले मानसिक, आत्मिक र शारिरिक स्वास्थ्यका साथै आत्मबोधका लागि मेडिटेशन अपरिहार्य रहेको बताए ।

प्रकाशित : १९ पुस २०७७, आइतबार ००:००