खाँदबारी । प्रहरी र विप्लव समूहबीच संखुवासभामा आज गोली हानाहान भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।
दिउँसो करिव ३ बजेतिर विप्लब समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।
प्रहरी गस्तीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फाइरिङ गरेका थिए ।
घटनामा मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया