चितवन। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा शनिबार साँझ चितवनको कालिका नगरपालिका स्थित खोलेसिमल बजारमा प्रदर्शन गरिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, युवा संघ र अनेरास्ववियुको आयोजनामा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले ओलीको कदमको समर्थन गरेका हुन् ।
पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओली संसद बिघटन गरि मध्यावधि चुनाव गर्न बाध्य भएको नेकपाका जिल्ला नेता कमलराज पाठ्कले बताए ।
प्रदर्शनमा सहभागि युवा विद्यार्थी नेताहरुले प्रधानमन्त्री केपी ओली जिन्दावाद, जनताको बहुदलीय जनबाद जिन्दावाद, आजलाई होईन भोलीलाई हाम्रो समर्थन सस्थापन पक्ष ओलीलाई लगाएतका नारा लगाएका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य दुर्गादत्त पौडेल , कालिका नगरपालिका नेकपाका नेता केशव लामा लगायतले मन्तव्य राखेका थिए । सो अबसरमा उनीहरुले प्रधानमन्त्री केपी ओलीको समर्थनमा दिप प्रज्वलन समेत गरेका थिए ।
११ पुस २०७७, शनिबार ००:००
0
Shares
प्रतिक्रिया