काठमाण्डौ ११ पुष । प्रदेश नंं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) ले आफुलाई पदमुक्त गराउने मुख्यमन्त्री राईलाई धन्यवाद व्यक्त भनेका छन् ।
शनिबार साँझ मुख्यमन्त्री शेरधन राईले पदमुक्त गराए लगतै फेसबुक स्टाटस लेख्दै आङ्बोले भनेका छन् ‘प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा २ बर्ष १० महिना काम गर्ने अवसर दिनुभएको मा.मुख्यमन्त्री शेरधन राइलाई धन्यवाद व्यक्त गर्दछु… ।’
नेकपा विभाजनको पहिलो प्रदेशगत प्रभाव प्रदेश नं. १ मा परेको छ । प्रचण्ड-नेपाल समूहमा रहेको आङ्बो सहितका सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेकाले उनलाई मन्त्रीबाट हटाईएको नेताहरुले बताएका छन् ।
नेकपा केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज रहेका आङ्बो पाँचथर प्रदेश (ख) बाट प्रदेशसभामा विजयी बनेका थिए ।
११ पुस २०७७, शनिबार ००:००
0
Shares
प्रतिक्रिया