काठमाण्डौ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन् । येझाउसंगै चिनिया प्रतिनीधि मण्डल आईतबार नेपाल आउने छन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी वैधानीक रुपमा मात्र विभाजन हुन बाँकी भएको बेला हुन लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शीर्ष नेताहरु र राष्टपति विद्यादेवी भण्डारीलाई भेटेर उपमन्त्री गुओको भ्रमणको बारेमा जानकारी गराएकी थिइन् । गुओ सन् २०१८ मा पनि नेपाल आइसकेका छन् ।
प्रतिक्रिया