१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

झलनाथ खनालले नेकपा नफुटेको दाबी गरेका छन्


१० पुस २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं १० पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपा नफुटेको दाबी गरेका छन् ।
उनले नेकपालाई फुट्न संविधानले नदिने तर्क गरेका छन् । पार्टी फुट्न संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनुपर्ने र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था रहेको भन्दै बहुमत आफूहरूसँग भएकोले पार्टी नफुटेको उनको भनाई छ । पार्टीमा कोही चोइटिए पनि वडा तहसम्म पार्टी सङ्गठित रहेको वरिष्ठ नेता खनालले बताएका छन् ।
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा पार्टीका आगामी कार्यक्रमको सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै वरिष्ठ नेता खनालले नेकपा अहिलेसम्म नफुटेको दाबी गरेका हुन् ।

प्रकाशित : १० पुस २०७७, शुक्रबार ००:००