काठमाडौं १० पुस । कैलालीबाट चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका २ स्थित मिट पोइण्ट होटलबाट चितुवाको १ थान छाला र २ थान हड्डीसहित पक्राउ परेका किरनको बयानको आधारमा बीर बहादुर र योगेन्द्रलाई समेत प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा डोटी जोरायल गाउँपालिका ४ बस्ने ३१ वर्षीय किरन पुन, डोटी आदर्श गाउँपालिका ५ बस्ने ३५ वर्षीय बीरबहादुर धामी र सोही ठाउँ बस्ने २२ वर्षीय योगेन्द्र धामी रहेका प्रहरीले जनाएको छ ।
१० पुस २०७७, शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया