काठमाडौं, ८ पुष । संसद विघटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक किचलो भएको रानीतिक विश्लेषक आनन्द पौड्यालले बताएका छन् । एभरेष्टविकसँगको एक अन्तवार्तामा उनले वर्तमान रुपमा देशमा एकाएक भएको राजनीतिक परिवर्तनलाई व्यापारको समेत सज्ञां दिए । उनले नेताहरुमा दिर्घकालिन सोच नभएकोसमेत बताए ।
उनले जनताका पीडा व्यथाको विषयलाई छोडेर गुटको व्यवस्थापनको हिसाव किताब बाहेक केहि नभएको उनले बताए । उनले राजतन्त्र पुनः स्थापनाका विषयमा सोधिएको एक प्रश्नमा राजतन्त्र नफर्कने दाबी गरे ।
उनले राजतन्त्र भन्ना साथ ज्ञानेन्द्र र पारस देखिने भएको र उनीहरुलाई जनताले घृणा गरेकाले राजतन्त्र नफर्कने बताए । उनले भने ज्ञानेन्द्र र पारसको स्थानमा विरेन्द्र थिए भने राजतन्त्र फर्कन सक्ने सम्माभवना थियो, उनी जनतासँग लोकप्रिय थिए । थप तलको भिडियो अन्तवार्तामा हेर्नुहोस्ः
प्रतिक्रिया