१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

माधव ,प्रचण्डसमूहले निर्वाचन आयोगमा बुझाए २८७ हस्ताक्षर


८ पुस २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं ८ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको छन् ।
बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निस्कासन गरेकोलगायतका निर्णयहरु पेस गरेका हुन् ।
नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । पाण्डेका अनुसार अरू ३ जना उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको बताइएको छ ।

बुधबार बसेको प्रचण्ड(माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निस्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय सो समूहले निर्वाचन आयोगमा जानकारि प्राप्त भएको छ ।

प्रकाशित : ८ पुस २०७७, बुधबार ००:००