१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

राजनीतिक परिदृष्य फेरिएसँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’



पुष, ५ काठमाडौं । देशमा एकाएक राजनीतिक परिदृष्य परिवर्तन भएसँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ सर्कुलर गरिएको छ ।

राजनितीक परिदृश्य फेरिएको भन्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले देशभर ‘चनाखो’ बस्न भन्दै सर्कुलर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि सुरक्षा निकायलाई ‘हाई अलर्ट’ राखिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

‘शान्ति सुरक्षाको अवस्था र अन्य गतिविधि निगरानी भएको अवस्था हो’ नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए ।

सुरक्षा निकायले देशभर संवेदनशील र ‘चनाखो हुन’ सर्कुलर गरेका छन् । सुरक्षा निकायलाई ‘अलर्ट’ बस्न भनिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

प्रकाशित : ५ पुस २०७७, आइतबार ००:००