१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

खुमलटारपछि प्रधानमन्त्री बादल निवास पुलचोकमा



काठमाडौं ४ पुस। प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओली खुमलटारमा प्रचण्ड-गौतमसंग भेटघाटपछि गृहमन्त्री रामबहादुर थापा (बादल) निवास पुगेका छन् ।

सचिवालय सदस्य एवम् गृहमन्त्री बादललाई भेट्न मन्त्री निवास पुगेका हुन् ।

ओली केहि समय अघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका थिए । नेकपाभित्र विवाद चर्किएको बेला ओलीप्रचण्डलाई भेट्न पुगेका हुन । ओली र प्रचण्डबीच भेटवार्ताकै क्रममा पाध्यक्ष बामदेव गौतम पनि पुगेका थिए ।

ओलीको कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई प्रचण्ड-नेपाल समूहको राजिनामा दबाब तीव्र छ । ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडानमा छन् ।


ओलीको अडान र प्रचण्ड नेपाल समूहको तीव्र दबावका कारण नेकपा संकट गहिरिदो छ । यहि बेला प्रधानमन्त्रीको भेटघाटलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले पार्टी भित्रको अन्तरविरोध कम हुदै गएको रुपमा समेत बुझ्न थालेका छन् –

प्रकाशित : ४ पुस २०७७, शनिबार ००:००